रामराजा क्याम्पसका प्रमुख कुशवाहा हत्या आरोपका मुख्य अभियुक्त पक्राउ

बाराको कलैया स्थित रामराजा बिक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन प्रमुखु हरिभुषण कुशवाहा हत्या आरोपका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका – २ घर भएका नेपाली सेनाका भगौडा क्याम्पस प्रमुखको हत्या आरोपका मुख्य अभियुक्त ४१ बर्षीय सुरेन्द्र प्रसाद कुशवाहालाई प्रकाउ गरी सार्वजनिक गरेको हो ।

क्याम्पस प्रमुख कुशवाहा गत जेठ २ गते साझँ सवा पाँच बजेको समयमा आदर्शकोतावाल गाउँपालिका वडा नम्बर २ मा रहेको आफ्नो घरबाट कलैया बजारतर्फ जाने क्रममा गोलि हानि हत्या गरिएको थियो ।

हत्या पश्चात प्रहरीले १७ जना प्रतिवादी बनाई अनुसन्धान गर्दै जादा १० जनालाई पक्राउ गरिएको थियो । प्रहरीले  चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।

अनुसन्धानको क्रममा राधेस कुमार पटेल र बिनोद राउत कुर्मी धरौटीमा छुटेका छन भने ८ जना पुर्पक्षको लागी कारागारमा रहेको बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाउनुभयो ।

उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२, गोली थान- ७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान- ४ थान, ल्यापटप थान- २, सिम कार्ड थान- ७ बरामद गरी अनुसन्धान प्रकृया पुरा गरी जिल्ला अदालत बाराको आदेशले ८ जना अभियुक्तलाई पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता सापकोटाले बताउनुभयो ।

उक्त घटनामा मुख्य अभियुक्त भनिएका सुरेन्द्र प्रसाद कुशवाहाको बारेमा गोलि लागी घाईते भई मृत्यु अगाडी तत्कालिन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाले बारा प्रहरीलाई बताउनुभएको थियो भने आफ्ना मोबाईलमा समेत आफुलाई सुरेन्द्र प्रसाद कुशवाहाले नै गोलि हानेको भनेर भिडियो रेकर्ड गर्नुभएको थियो ।

कुशवाहाको मृत्युको खबर पछी मुख्य अभियुक्त कुशवाहा नेपाल भारतको बिभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । प्रहरीले लुकै अवस्थामा मोरङबाट उनलाई पक्राउ गरी बारा ल्याएको सापकोटाले भन्नुभयो ।

कुशवाहामाथि ज्यान र हातहतियार खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी प्रारम्भिक सुनुवाई समेत गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *