राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीवलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ।
आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको संसदीय बोर्डको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।