आज (शनिबार) आयोजित अन्तरक्रियामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू मतदाताहरुले सम्झन र गर्व गर्न योग्य सांसद बनेर देखाउनेपनि प्रतिबद्धता जनाएका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
८,००० मतको अन्तरले…
गत चुनाव ८०० मतको अन्तरले हारेको थिएँ। यो पटक ८,००० मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु। यति धेरै उतारचढाव बेहोरेर र हण्डर खाएर आउँदा पनि यति धेरै माया पाइरहेछु कि त्यसले मलाई द्रवीभूत बनाएको छ। शब्दमा व्यक्त गर्न सक्दिन।
मैले वाचा गरेको छु: म तपाईँहरूले संझन र गर्व गर्न योग्य सांसद बनेर देखाउनेछु। चुनावी अभियान/घरदैलोमा साथ दिन या घरदैलोमा बोलाउन हाम्रो सचिवालय, 9851021289 वा 9803492262 मा सौरेन्द्र शाहलाई र सामाजिक सञ्जालमा सहयोग गर्न 9851183271 वा 9886079654 मा रन्जन कार्की लाई फोन गरिदिन विनम्र अनुरोध गर्दछु।