राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिँदैछ । लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।
यसो भन्छ मेडिसिटी अस्पताल
ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा आज मिति २०८० साल वैशाख १९ गते मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष श्री रवि लामीछानेका चालक बताइएका वर्ष ३९का श्री दिलबहादुर थापाको दिउँसो १ बजेर ३५ मिनेटमा निधन भएको छ । गम्भीर चोट पछि चितवनमा केहि दिन उपचार गरी थापालाई गत वैशाख ५ गते हेलिकप्टरबाट उद्धार गरी नेपाल मेडिसिटीमा थप उपचारका लागि ल्याइएको थियो ।
नेपाल मेडिसिटी अस्पतालको स्नायु तथा नसा शल्यचिकित्सा विभागका प्रमुख प्राडा गोपालरमण शर्माका अनुसार थापालाई अस्पताल ल्याउँदा Traumatic Brain Injury with Diffuse Subarachnoid Hemorrhage with Intraventricular Extension अर्थात अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो । थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो ।
रक्तचापलाई सन्तुलनमा ल्याउँदै उनको भेन्टिलेटरमा राखी मल्टि डिस्सीप्लीनरी टिमबाट उपचार भइरहेको थियो । चिकित्सकको अथक प्रयास र विभिन्न उपचारका बावजुत पनि थापाको स्वास्थ्यमा सुधार नदेखिएको अवस्थाका बीच उनको मंगलबार मृत्यु भएको जानकारी अस्पताले गराउन चाहन्छ ।