रमेश रिजाललाई जालिम मियाको आधि शुभकामना

नेकपा एमालेका केन्द्रीय सदस्य एवम पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी जालिम मियाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजाललाई आधि शुभकामना दिएका छन  ।

गत मङ्सिर ४ गते २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ मा कांगेसका केन्द्रीय सदस्य समेत रहनुभएको रमेश रिजालले जालिम मियालाई ५ हजार ५ सय २३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

शुक्रबार पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि पदमा नित्युक्त भएका हुन् । यसै सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा शुभकामना दिदै जालिम मियाले आफु अहिले आधि मात्र शुभकामना दिएको र बाकि पछी दिने उल्लेख गरेका छन ।

उनले वीरगंज चिनी मिल , फलाम कारखाना , हेटौडा कपडा , जनकपूर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने र उद्योपतिको व्यापारको सुबिधाको सुनिश्चित भएपछी त्यो दिन म आफै स्वयम आएर पूरा शुभकामना दिने बताएका छन ।

उनले भोजपुरी भाषामा लेखेका छन 
माननिय मंत्री रमेश रिजाल जी लाल सलाम,,
अपनेके नेपाली कांग्रेसके तर्फ से पर्सा क्षेत्र नं–४ से नेपाल सरकारके उधोग बाणिज्य तथा आपुर्ति मंत्री बनेके आधा शुभकामना बा ।
पुरा शुभकामना तब देहेम जब अपने
१.बिरगंज चिनी मिल
२.लोहा कारखाना
३.हेटौंडा कपडा उधोग
४.जनकपुर चुरोट कारखाना
५.उधोगपतिके व्यापारके सुविधा देहेम
उ दिन हम अपनेके पुरा शुभकामना स्वयम् आके देहेम।
धन्यवाद।