यूएईले सिङ्गापुरलाई दियाे ४ सय ७२ रनकाे विशाल लक्ष्य

एसीसी मेन्स प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सिङ्गापुरलाई चार सय ७२ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै चार सय ७१ रनकाे विशाल याेगफल बनायाे । यूएईका वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रन बनाए । उनले एक सय ३३ बलमा १७ चाैका र सात छक्काकाे मद्दतमा एक सय ७४ रन जाेडे । यस्तै कप्तान मुहम्मद वसीमले ८२ बलमा नाै चाैका र १६ छक्काकाे मद्दतमा एक सय ६० रन बनाए । यस्तै आयन अफजल खानले ५० बलमा ७४ रन बनाए । सिङ्गापुरका आदित्य भर्गवले चार र रमेश कलिमुथीले तीन विकेट लिए ।

समूह ‘बी’ मा रहेकाे यूएई दुई खेलमा दुई अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । सिङ्गापुरमा दुई खेलमा अङ्कविहीन हुँदै अन्तिम स्थानमा छ ।

एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।