युएईका लाग पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेलेका आयान अफ्जल खान नेपालसँगको एकदिवशीय शृंखलाकै सर्बोत्कृष्ट खेलाडी बनेका छन् ।
युएई र नेपालबीचको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले आफ्नो पक्षमा पारेको छ । तर, बलिङ र ब्याटिङमा उत्कृष्ट छाप छाडेका आयानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए ।
शुक्रबारै भएको तेस्रो तथा निर्णायक खेलमा आयानले आठौं नम्बरमा ब्याटिङ गरी ५४ रनको अविजित अर्धशतकीय पारी खेले । उनले शृंखलाको तीन खेलमा क्रमसः २६। २ र ५४ गरी कुल ८२ रन बनाए ।
हालै अस्ट्रेलियामा सम्पन्न आईसीसी टी–२० विश्वकपकै कान्छा खेलाडी बनेका १७ वर्षीय आयानले नेपालमा आएर खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।