यसअघि, वार्तामा सहभागी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन र रुसबीचको युद्ध अन्त्य वा शान्ति सम्झौताका लागि रुसको व्यवहार र निर्णयमा भर पर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकाले युद्ध अन्त्यका लागि शान्ति वार्ता मात्रै एक तरिका भएको बताउँदै आएको छ । रुसले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको यसअघिको फोन वार्ताले पनि युद्धविराम सम्झौता सम्भव हुनसक्ने सङ्केत गरेको छ ।
साउदीको बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अब रुसलाई सकारात्मक प्रस्तावमा सहमत गराउने काम अमेरिकाको भएको बताउनुभएको छ ।
अमेरिकाले पनि रुसलाई शान्ति योजनामा हस्ताक्षर गर्न आग्रह गर्ने तयारी भइरहेको र युद्ध अन्त्यका लागि नजिक विन्दुमा पुगेको प्रतिक्रिया दिएको छ ।
रुसले प्रस्तावित युद्धविराम र थप विवरणहरूको अध्ययन गरिरहेको बताउँदै केही दिनमा आफ्नो निर्णय सार्वजनिक गर्ने बताएको छ ।