युक्रेनको खार्किभ र डोनेट्स्कलगायतका पूर्वी क्षेत्रमा बिजुली आपूर्ति ठप्प

रुसको आक्रमणका कारण युक्रेनको खार्किभ र डोनेट्स्कलगायतका पूर्वी क्षेत्रमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ । बिजुली बत्तीको आपूर्ति ठप्प हुँदा त्यहाँका झण्डै ९० लाख नागरिक प्रभावित भएका छन् ।

युक्रेनको सेनाले पूर्वी क्षेत्रमा आफूले तीन हजार वर्ग किलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनः प्राप्त गरेको बताएपछि त्यहाँ ‘ब्लाकआउट’ भएको दाबी गरिएको छ । तर, यसको पुष्टि भने हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

खार्किभका मेयर इहोर तेरेखोभका अनुसार रुसले नागरिक पूर्वाधारमा गरेको आक्रमणका कारण सहरको धेरैजसो भागमा बिजुली बत्ती र पानी छैन । विद्युत् कटौतीपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउनु भएको छ ।

Share your love