यादगार बचत तथा ऋण सहकारीका कोषाध्यक्ष बलिराम साह पक्राउ

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १० रानीघाटमा रहेको यादगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बलिराम साह पक्राउ परेका छन् ।

एक जना प्रहरी अधिकृतका अनुसार पक्राउ परेका साहलाई आजै जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको बताए ।

विभिन्न बचतकर्ताहरुको रकम ठगी गरेको आरोपमा सञ्चालक समिति विरुद्धमा ठगी मुद्दामा जाहेरी परे पछि साह पक्राउ परेका हुन् ।

उनी वीरगंजबाट आज अपराह्न १ बजे पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादगारका सञ्चालक समिति विरुद्ध जाहेरी दर्ता भएको त्यस मध्येका कोषाध्यक्ष साह पक्राउ परेको र अझै समितिका ६ जना फरार रहेको अवस्था छ ।

सहकारीका कोषाध्यक्ष साह पक्राउ परे लगत्तै उनलाई छुटाउन नेता वरपर घुम्ने बिचौलियाहरु एकजुट भएका छन् । यस्तै उनी विरुद्ध ठगी गरेको थप प्रमाण लिएर बचत कर्ताहरु प्रहरी कार्यालयमा पुगेका छन् ।