प्रतिपक्ष दलका सांसदहरुले जनतामा गरिबी बढिरहेको भन्दै सरकारले मूल्य वृद्धि नियन्त्रण तत्काल गरी जनतालाई राहत दिनुपर्ने बताउनुभयो । सांसदहरु प्रकाश पन्थ, खिमलाल भट्टराई, गङ्गा कुमारी बेल्बासे, सिंहबहादुर विश्वकर्मा, सुरेशकुमार आलेमगर,उदयबहादुर बोहोरा, उर्मिला अर्याल, भगवती न्यौपाने, जितेन्द्रनारायण देवले विशेष समयमा आफ्नो धारणा राख्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गते दिनको १२ बजेर ५९ मिनेटमा बस्नेछ ।