उहाँले सरकारले तत्कालिन समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालिन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाइ चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो ।
उहाँले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताउनुभयो । उहाँले अर्थतन्त्र सुधार गर्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।