शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै उहाँले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गर्नुभयो ।
अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर दाहाल, नेपालहरुले राजनीतिमा बेईमानी गरेको बताउनुभयो । खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गर्नुभयो । निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरुले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उहाँले सोही अनुसारको अघि बढन खेलाडीहरुको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरु नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराउनुभयो । उहाँले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।