मालपोत कार्यालयमा रहेका लेखनदासहरूले आगामी दिनमा अनलाइनमार्फत लिखतहरू कार्यालयको वेबसाइटमा दर्ता गर्नुपर्ने र सो अनुसार कारबाई प्रक्रिया अगाडि बढ्ने मालपोतका नायब सुब्बा राजेश्वर साहले बताउनुभयो ।
उहाले माघ १ गतेदेखि पूर्णरूपमा अनलाइन सेवा प्रदान गर्नेगरी विभागीय निर्देशन अनुसार मङ्सिर ११ गतेबाट शुरू गरिएको र १२० जना लेखनदासले अनलाइन सेवाका लागि आवेदन दिएको तथा सयभन्दा बढीले प्रमाणपत्र पनि लिइसकेको बताउनुभयो ।
उहाले एकजना लेखनदासले सोबापत रु ५० हजार धरौटी राख्नुपर्ने र निजलाई दिइने कोडबाट अनलाइन फाराम भर्ने र सोही अनुसार कारबाई प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो ।
लेखनदासहरूले कागज प्रमाण पेश गरी यस्ता कार्य गर्दा विगतका दिनमा थुप्रै विकृति देखा परेपछि अहिले लेखनदासलाई जिम्मेवार बनाउँदै अनलाइनमार्फत सेवा प्रदान गर्ने कार्य व्यवस्था गर्न लागिएको उहाले बताउनुभएको हो ।
यसले मालपोतमा लेखनदासमार्फत हुने कागजी त्रुटिहरू रोकिने र सेवा प्रभावकारी हुने उहाको बिश्वास छ ।