माओवादी नेताका कारण अलपत्र परेका चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु गयो

समिट एयरले टिकट काटिसकेका चिकित्सकहरुलाई छोडेर नेकपा माओवादीका नेताहरुलाई मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज ल्याएपछि चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु पठाइएको छ ।

१६ जना सचिकित्ससको टोली गत हप्ता जुम्लामा कर्णाली एकेडमी हेल्थ साइन्सको कार्यपत्र प्रस्तुत गर्न गएको थियो । उनीहरुले काठमाडौबाट जाने बेलामै जाने आउने दुबैतर्फको टिकट काटेका थिए । तर जहाज उड्ने बेलामा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरूलाई जहाजमा चढाएपछि चिकित्सकहरु उतै छुटेका थिए ।

माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएपछि विमान चित्सिकलाई छोडेर नेपालगञ्ज तर्फ उडेको थियो । माओवादी नेता चढाएर चिकित्सक उतै छुटेको खबरपछि पर्यटनमन्त्री सुदा किराँतीले चिकित्सकहरुलाई लिन नेपाल एयसलाइन्सको विमान पठाइएको जानकारी दिनुभएको हो ।

मन्त्री किराँतीले मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनाएको र गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको सामाजिक संजालमार्फत जानकारी दिनुभएको हो ।