माओवादी केन्द्रले महराको नाम समानुपातिकको बन्द सूचीबाट हटायो

नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उपाध्यक्ष महराको नाम १ नम्बरमा थियो । उपाध्यक्ष महराकै आग्रहमा समानुपातिक सूचीबाट उहाँको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ ।

रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उहाँलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । त्यसलगत्तै उपाध्यक्ष महराले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम हटाएको बताउनुभयो ।

उपाध्यक्ष महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जित्नुभएको थियो । २०४८र२०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित हुनुभएको थियो । उहाँ २०६३र०६४ को अन्तरिम संसदमा समेत हुनुभएको थियो ।

Share your love