माओवादीले बिहीवार पदाधिकारी टुङ्गो लगाउने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले भाेलि बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । आज बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा सङ्गठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुङ्गो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजकाे बैठकबाट पदाधिकारीबारे करिब–करिब हामी टुङ्गोमा पुगेका छौँ । भोलि बिहान ८ बजे सबै टुङ्गो लाग्छ ।’ प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीवार बिहान ८ बस्ने बताउनुभयो ।

 

Share your love