आफ्नै पार्टीको सरकार हुँदा पनि स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा कारबाही नभएको भन्दै माओवादी केन्द्र निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य डाक्टर दीपकप्रसाद कोइरालाले राजीनामा दिएका छन् । नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रीय सदस्य रहेका कोइरालाले गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टी र स्वास्थ्य विभागको सदस्य नरहने भन्दै पदबाट राजीनामा दिएका हुन् ।
पोखराको मणिपाल घटनाका सन्दर्भमा बिना आरोप नेपाल प्रगतीशील चिकित्सक संघका गण्डकी प्रदेश अध्यक्षलाई एक दिन हिरासतमा राख्नु झनै लज्जास्पद भएको उनले बताएका छन् । डाक्टर कोइरालाले यस्तो अवस्थामा पार्टीमा रहनु आत्मगलानी महसुस् भएको बताएका छन् ।