नेकपा माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेपाल समाजवादी पार्टीका ५ जना नेता परेका ५ छन् ।
माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा राखिएको छ ।
४ मंसिरमा हुने निर्वाचनमा समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ ।