नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् ।
त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहरा, ५३ केजी तौल समूहमा मनिषा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।