शुक्रबार हिमानी कोष अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेकाे कार्यक्रममा बाेल्दै हिमानी कोषकी संस्थापक एवम्ं पूर्व युवराज्ञी शाहले नेपाल र अष्ट्रेलियाबीचकाे मित्रताकाे खुलेर प्रशंसा गरेकी हुन्।
सिड्नीमा आयोजित साे कार्यक्रममा पूर्वयुवराज्ञी शाहका साथमा पूर्वअधिराजकुमारीद्वय शीताष्मा राज्यलक्ष्मी शाह, दिलाशा राज्यलक्ष्मी शाहसहित हिमानी ट्रष्ट नेपालका बोर्ड अफ डाइरेक्टरहरू नेपालबाट सिड्नी पुगेका थिए।
कार्यक्रममा विशेष मन्तव्य राख्दै पूर्वयुवराज्ञी शाहले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध लामो रहनुका साथै राजा महेन्द्र र वीरेन्द्र वीर विक्रम शाहले गरेकाे अष्ट्रेलिया भ्रमणको स्मरण समेत गराएकी थिइन्।
कार्यक्रममा पूर्वयुवराज्ञी शाहकाे पनि राम्राे प्रशंसा भयाे। अस्ट्रेलियाको संसद भवनमा नेपाली समुदायको सम्भवतः यो स्तरमा आयोजाना गरीएको पहिलो परोपकारी कार्यक्रम हो।
हिमानी कोष अस्ट्रेलिया सन २०२० को जनवरीमा संस्थाको पहिलो अन्तर्रराष्टिय शाखाको रूपमा स्थापना भएको हो।