महानगरले अल्फा बिटाकाे अवैध संरचनामा डाेजर चलायाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएकाे छ ।

आज बिहीवार दिउँसाे महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्स पुगेर अवैध संरचना  डाेजर चलाएकाे हाे । यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियाे ।

अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिनुभएकाे थियाे । आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा चर्काचर्की परेकाे थियाे ।

अहिले महानगरले अवैध संरचना र पार्किङकाे नक्सा पास गरेर अरू नै प्रयाेजनमा लगाउनेमाथि कारबाही थालेकाे छ । यसअघि सुन्धारा र न्युराेड क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएकाे थियाे ।

 

Share your love

Leave a Reply

Your email address will not be published.