मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवकाे निधन

मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको उपचारका क्रममा बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत हुनुहुन्थ्यो । यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बन्नुभएको थियो ।