मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले भोलि पद तथा गोपनियताको शपथ लिने भएका छन । भालि दिउँसो २ बजे शपथका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले सांसदहरुलाई शपथ गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।
शपथका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरु राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरेको छ ।