प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।
मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरेको हो ।
उच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवा प्रवाहमा देखिएको व्यथिति, त्रुटि, समस्या पहिचान गरि त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्य छिटोछरितो गर्नेगरी १५ दिन भित्र सुझाव पेश गर्नु पर्ने जिम्मेवारी दिइएको नवनियुक्त बिनाविभागीय मन्त्री सरोज यादवले जानकारी दिए ।