मधेश प्रदेशमा डेरी, कृषि तथा औजार प्रदर्शनी हुने

कृषिमा यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नविनतम प्रविधि’ भन्ने मुल नाराका साथ मधेश प्रदेशमा डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ ।

हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा सो प्रदर्शनी हुने बोर्डले जनाएको छ । वैशाख १२ गतेदेखि सुरु हुने प्रदर्शनीमा डेरीका मेसिन तथा उत्पादनका साथै कृषिजन्य वस्तुत र विभिन्न कृषि औजारहरुको प्रदर्शन गरिने बोर्डका पशु विकास अधिकृत उपेन्द्रकुमार सिंहले बताए ।

प्रदर्शनीमा विभिन्न १५० वटा स्टल राखिने बताए । सुर्ती विकास मैदानमा वैशाख १४ गतेसम्म चल्ने प्रदर्शनमा डेरी, कृषि तथा मेसनरीको विषयमा विभिन्न अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिने उनले बताए ।