पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने सङ्कल्प सहित मधानी महोत्सव आयोजना भएको थियो ।
महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली अभिनेता पल साह, नायिका निलम गिरि, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौँ प्रसिद्ध कलाकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।
सरकारी निकायमा खर्च विवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आफै खर्च विवरण सार्वजनिक गर्नु आफैँमा सराहनीय एवं उदाहरणीय कार्य भएको सो क्षेत्रका सांसद समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।