वीरगंज –सम्पूर्ण विकासको लागी डा.मधु गुप्ता कुर्मीको आवश्यकता पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा रहेको त्यहाका मतदाताहरुले बताएका छन ।
आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको गठबन्धनबाट मधेश प्रदेश सभा सदस्यकी साझा उम्मेदवार डा.मधु पढेलेखेको र स्वास्थ्य क्षेत्रको अनुभबी भएकोले जन आपेक्षित अनुसार उहाले बिकास गर्नु हुनेमा पर्सा क्षेत्र नम्बर ३ ( खा ) का जनता आशाबादी रहेका छन ।
मतदाताको घरदैलोमा पुग्दा डा.मधु गुप्ता कुर्मीलाई स्थानीय जनताले फूलमाला लगाई आफ्नो मत दिन तपाईलाई आतुर रहेको बताउदै आएका छन । युवा , बृद्धा , बालबालिका लागायत सबैको रोजाईमा अहिले डा.मधुगुप्ता कुर्मी सफल हुनुभएको छ ।