पर्सा क्षेत्र नम्बर ३ ख मा जसपा र नेकपा एमालेको साझा उम्मेदवार डा. मधु गुप्ता कुर्मीले मतदाताको मायाले आफू उत्साहित भएको बताएकी छन् ।
पर्साको बहुदरमाई नगरपालिका वार्ड १ विश्रामपुरमा भएको चुनावी घरदैलोमा डा मधुले आफूलाई मतदाताले प्रदेशसभा सदस्यमा जिताउने विश्वास व्यक्त गरिन् ।
पर्सा जिल्लाको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी भएको उनले बताइन । घरदैलोका क्रममा स्थानीय मतदाता, बुद्धिजीवी र टोलका अगुवालाई संघीयता, सुशासन र विकासको पक्षधर जसपा र नेकपा एमालेका साझा उम्मेदवारहरुलाई मतदान गर्दै निर्वाचित गराउन आग्रह गरिन् ।
पर्सा जिल्लालाई विकसित समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताको स्नेह र आशीर्वाद चाहिएको उनको भनाइ थियो ।