मकवानपुर बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुल्यो

मकवानपुरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटना घाइते भएकाहरुको नामावली
१, भारत सितामणी बस्ने वर्ष ३८ वर्षीय पप्पु चौधरी
२,भारत दिल्ली बस्ने वर्ष–२७ को सारु खान
३, भारत मोतिहारी बस्ने वर्ष–१५ का सोयल अलि
४, जितपुर सिमरा उमनपा–१२ बस्ने वर्ष २७ को तैया अन्सारी
५, वीरगञ्ज–२४ बस्ने वर्ष ३० को सायल मिया अन्सरी
६, वीरगञ्ज–२४ बस्ने वर्ष–२७ को सईफुला खातुन
७, रौतहट लक्ष्मीनगर–२ बस्ने वर्ष–३० को महमद समिम
८, कलैया–१२ बन्दिपुर बस्ने वर्ष २६ को छोटेलाल पासवान
९, जगनाथपुर  बस्ने वर्ष–३५ की आरिसा खातुन
१०, सिमरा उमनपा–३ बस्ने वर्ष २७ की पार्वती चौधरी
११, सिमरा उमनपा–३ बस्ने वर्ष–२ की सुदीक्षा चौधरी
१२, बीरगञ्ज–२४ रामगढ बस्ने वर्ष २३ को निरुला अन्सारी
१३, करैयामाई–५ बस्ने वर्ष २३ को धर्मेन्द्रप्रसाद सापकोटा
१४, भारत मोतिहारी बस्ने वर्ष ३२ को राजकुमार सहनी
१५, दिल्ली बस्ने वर्ष–३८ को गोपाल कुमार
१६, रौतहट लक्ष्मिनिया–२ बस्ने वर्ष–३० को महमद समिम
१७, वीरगञ्ज–२४ बस्ने वर्ष–२३ को निरज ठाकुर
१८, वीरगञ्ज–२४ बस्ने वर्ष–२४ को आलम देवन
१९, वीरगञ्ज–२४ बस्ने  वर्ष–२५ को मौसम अन्सारी
२०, वीरगञ्ज–२४ बस्ने वर्ष–१७ को आदित्य चौधरी
२१, सह चालक धुलीखेल–११ बस्ने वर्ष ३८ को हरि भुजेल
२३, मोतिहारी बस्ने वर्ष–२१ को धीरज ठाकुर
२४, बकैया–४ छतिवन बस्ने वर्ष–१९ कि संगिता तामाङ
२५, बकैया–४ छतिवन बस्ने  वर्ष–२ की विपना तामाङ

Share your love