मकवानपुरमा जंगली हात्तीको आक्रमणमा परि एक महिला घाइते भएकी छन् । सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीय राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी हुन् ।
स्थानीयको तोडफोडका कारण सेनाले सुरक्षा गस्तिका लागि प्रयोग गर्दैआएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।
उनले थप जनधनको क्षती हुन नदिन स्थानीय र निकुञ्जसँग समन्वय भैरहेको जानकारी दिए । हात्ती नियन्त्रणका लागि सेनालाई अनुरोध गरिएको उनले बताए । गएको बर्ष यसै स्थानमा हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको थियो ।