मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ ।
हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।