मकवानपुरको मनहरीमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे।
ज्यान गुमाउनेमा मकवानपुर मनहरी–६ नयाँ बस्तीका ३० वर्षीय अविनाश गोले रहेका मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।