मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया–५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०-२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ट्रक चालक निजगढ–९ का सुर्य बहादुर घिमिरे पनि घाइते रहेको र सबै घाईतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए ।