मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मनहरी गाउँपालिका वडा नम्बर–६ सुनादेवी मन्दिर अगाडि पूर्व पश्चिम राजमार्गमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिएकाे हाे । ट्रककाे ठक्करबाट मोटरसाइकल चालक चितवनको माडी नगरपालिका वडा नम्बर–१२ का २० वर्षका कोरेस चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ ।