मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना, ६ जनाकाे ज्यान गयाे

मकवानपुर – मकवानपुरको भीमफेदीमा बिहीवार दिउँसो बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएकाे हो ।

काठमाण्डाैबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरूकाे पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन् ।

दुर्घटनाबारे पूरै विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

 

Share your love