भेन्टिलेटरमा उपचाररत सलमान रुस्दीको अवस्था गम्भीर

चर्चित बेलायती लेखक सलमान रुस्दीको अवस्था गम्भीर बनेको छ । उनका प्रतिनिधि एन्ड्रयू वाइलीको भनाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘शुभ समाचार छैन । सलमान भेन्टिलेटरमा छन् र बोल्न सकिरहेका छैनन् ।’

रुस्दीमाथि शुक्रबार अमेरिकाको एक साहित्यिक कार्यक्रममा चक्कुले आक्रमण गरिएको थियो । २४ वर्षीय एक युवक हादी मतरले ७५ वर्षीय रुश्दीको घाँटी र पेटमा चक्कुले आक्रमण गरेका थिए ।

उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर सुरक्षाकर्मीले अनुसन्धान थालेका छन् । आक्रमणको कारण स्पट नभएको उनीहरूले बताएका छन् । कलेजो र पाखुराको नशा काटिएका उनले एउटा आँखाको ज्योति गुमाउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आक्रमणकारी १० देखि १५ पटकसम्म चक्कु प्रहार गरेको थियो । घाउ गम्भीर भए पनि त्यो निको हुनसक्ने प्रकृतिको भएको चिकित्सकले बताएका छन् ।

Share your love