पूर्वपराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले भुतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउनुभएको छ । आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद डा.खड्काले सकेसम्म बेलायत सरकारसँग पहल गर्ने र पहलबाट बेलायती सैनिक सरह नै ब्रिटिश गोरखा सैनिकले पनि समान सेवा सुविधा पाउनुपर्ने माग सम्बोधन हुन नसके अन्तर्राष्ट्रिय कानूनबाट अघि बढ्न सकिने बताउनु भयो ।सांसद खड्काले यस विषयमा प्रधानमन्त्री जानु भन्दा पनि प्राविधिक समितिले एजेण्डाका विषयमा छलफल गर्ने वातावरण बनाइदिनुपर्ने बताउनु भयो । उहाँले मन्त्री स्वयंले यस विषयमा नेपालका लागि बेलायती राजदुतलाई बेलाएर छलफल गर्नुपर्ने बताउनु भयो ।
उहाँले भुतपूर्व गोरखा सैनिकमाथि बेलाय सरकारले गरेको काम गम्भीर, अन्याय र विभेदकारी रहेको बताउनु भयो । उहाँले भारत र अमेरिका लगायतका देशहरुसँगको लविङ पनि आवश्यक रहेको जिकीर गर्नुभयो । सांसद खड्काले भुतपूर्व गोरखा सैनिकले न्याय पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको पनि बताउनु भयो ।