भारतीय ब्याटर रुतुराज गायकवाडले एक ओभरमा सात छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् । आज साेमवार महाराष्ट्र र उत्तर प्रदेशबीच भएकाे विजय हजारे ट्रफीकाे क्वार्टर–फाइनल खेलमा रुतुराजले ४९ औँ ओभरमा सात छक्का प्रहार गरेका हुन् ।
४९ औँ ओभरकाे एक बल नाे बल थियाे । यसरी उनले एक ओभरमा ४३ रन बनाए । उत्तर प्रदेशकाे तर्फबाट शिवा सिंहले बलिङ गरिरहेका थिए । रुतुराज गायकवाडले यस खेलमा सानदान दाेहाेराे शतक पनि बनाए । उनले लिस्ट ‘ए’ करियरमा पहिलाे पटक दाेहाेराे शतक प्रहार गरेका हुन् ।