बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताउनुभएको हो ।
सांसद कार्कीले त्यसका लागि छानवीन गर्न संसदीय समिति बनाउन पनि माग गर्नुभयो । उहाँले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानवीनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दवाव दिनुभयो।