बैरिया र बिन्दबासिनीमा चुनावी घरदैलो, डा. मधुलाई जिताउन मतदाताको प्रण

वीरगंज –जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धन बाट पर्सा क्षेत्र नम्बर ९ ख ० को प्रदेश सभा सदस्यकी उम्मेदवार रहनु भएको डा मधु गुप्ता कुर्मीले आज बिहिबार एकैदिन दुई पालिकाको बिभिन्न ठाउँमा चुनावी मतदाता घरदैलो कार्यक्रम गर्नुभएको छ ।

उहाले आज पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ९ बैरिया र बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ को बिभिन्न ठाउँमा चुनावी घरदैलो कार्यक्रम गर्नुभएको जसपाका युवा नेता पवन सिंहले जानाकरी दिनुभयो ।

घरदैलोको क्रममा उहाले आफ्ना चुनाव चिन्ह छाता चापमा मतदान गर्न आग्रह गर्नुभएको जसपाकी केन्द्रीय सदस्य सल्मा खातुनले बताउनुभयो ।