सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दाहालका अनुसार अधिकृत साहले विद्युत महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेकोसमेत पाइएको थियो ।
साहले सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकाले ३३ लाख २० हजार २२६ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवाना तथा बिगोसमेत असुल उपरको माग दाबी गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।