बिन्दवासिनी र पकहाँ मैनपुर गाउँपालिकामा जसपा , एमाले जिताउने बारेमा छलफल

वीरगंज –पर्साको बिन्दवासिनी गाउँपालिका र पकहाँ मैनपुर गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले गठबन्धनलाई जिताउने बारेमा छलफल भएको छ । देशमा स्थायित्व , शान्ति , अमनचयन कायम गर्ने र आफ्ना गाउँ ठाउँको विकास गर्नको लागी यसपाली जसपा एमाले गठबन्धनलाई जिताउनै पर्ने  आवश्यकता रहेको वक्ताहरुले बताएका थिए ।

छलफलमा आफ्ना भनाई राख्दै जसपा केन्द्रीय सदस्य हरिनारायण रौनियारले बिना हिच्किचाहट जसपाका साथीले एमालेलाई र एमालेका साथीले जसपालाई खुसि खुसि मत हाल्नु पर्ने बताउनुभयो ।

त्यसक्रममा जसपा नेपालबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनुभएको डा.मधु गुप्ता, समानुपातिक उम्मेदवार एवम पोखरिया नगरपालीकाकी पूर्व उपमेयर सल्मा खातुन , र जसपा , एमालेका नेता कार्यकर्ताहरु उलेख्य रुपमा सहभगिता रहेको थियो ।