बारा-२ मा जसपाले बुथ क्याप्चर गरेकाे सिके राउतकाे आराेप

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ का विभिन्न मतदान केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) ले बुथ क्याप्चर गरेको आरोप लगाउनुभएकाे छ ।

आइतबार बारा-२ मा भएकाे उपनिर्वाचनका क्रममा उहाँले संचारकर्मीसँग कुरा गर्दै यस्ताे आराेप लगाउनुभएकाे हाे । आइतबार बारा-२ मा उपनिर्वाचनका क्रममा केही मतदान केन्द्रमा आफू पुगेको र ४-५ वटा मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गरेकाे उहाँले आरोप लगाउनुभएकाे हाे ।

जसपाले बेलडारी र झिटकैयासहित अन्य १-२ वटा बुथहरु अहिले पनि कब्जा गरेकाे उहाँकाे भनाइ थियाे। पचरौताको बेलडारी बुथमा आफ्ना प्रतिनिधिलाई प्रवेश गर्न समेत नदिएको उहाँले आरोप लगाउनुभएकाे छ।

 

Share your love