बारा दुईमा उपेन्द्र यादवको अग्रता कायमै

बारा क्षेत्र नम्बर दुईको जारि मतगणनामा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएको जसपा अध्यक्ष उपेन्द्र यादव अग्र स्थानमा रहनुभएको छ ।

यादव ४५८ मतसहित अगाडी रहनुभएको छ भने उहालाई जनमत पार्टीका शिवचन्द्र कुशवाहा ३६० मतसहित पछ्याउदै हुनुहुन्छ ।

त्यसैगरी एमालेका पुरुषोतम पौडेलको सम्म ३१७ मत रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको १६९ मत रहेको छ ।

अहिले मतगणना जारि रहेको छ ।