वीरगंज – बारामा लेनदेन मुद्धाका फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक होबेन्द्र बोगटीले जनारी दिनुभयो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ बस्ने महमद हुसेन देवान रहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।
फैसला कार्यान्वयनको सिलसिलमा प्रहरी चौकी बडकीफुलवरिया बाराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक बोगटीले जानकरी दिनुभयो ।
जिल्ला अदालत बारा बाट भादौ २७ गते फैसलाले कैद सजाय ठहर भएलगतै फरार रहेको देवानलाई आज बुधबार पक्राउ गरिएको हो । पक्राउ परेका हुसेनलाई जिल्ला अदालत बाराको आदेश अनुसारको कैद भुक्तानीको लागी कारगर वीरगंजमा ल्याईएको बरा प्रहरीले जनाएको छ।