वीरगंज- बारामा आज मंगलबार बिहान २२ जना सवार यात्रुबाहक बस पल्टिदा १७ जना घाईते भएका छन । घईतेमध्ये ७ जना सामान्य र ७ जना मध्यम किसिमका घाईते छन भने ३ जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार आज बिहान करिब १० बजे भैरवादेखि वीरगंजतर्फ आउदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही नोबेल स्टाईल प्रालि अगाडी पल्टिएर दुर्घटना भएको हो ।
घम्भिर घाईते हुनेहरुमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३३ बर्षीय शंकर गुरुङ , हालसम्म नाम बतन नखुलेको २४ बर्षीय पुरुष , र बाराकै कलैया उपमहानपालिका वडा नम्बर १८ मोतिसरका २१ बर्षीय कन्हैया गुप्ता रहेका छन । गुरुङलाई टाउकोमा , अपरिचित पुरुषलाई अनुहारमा र गुप्तालाई कान , अनुहार , शरीरमा गम्भीर चोट लागेको बारा प्रहरीले जनाएको हो ।
यसैगरी मध्यम घाईते हुनेहरुमा चितुवनको कालिका गाउँपालिका वडा नम्बर ५ बस्ने ५५ बर्षीय तिलक भट्टराई , मकवानपुरका हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३५ बर्षीय सागर गोले , ३० बर्षीय अमिर थापा , वीरगंज महानगरपालिका वडा नम्बर ५ बस्ने ५० बर्षीय दिपेन्द्र कुमार गुप्ता , ४२ बर्षीय बिक्रम राना मगर , बाराको गढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने १८ बर्षीय सर्वजित राम र रक्सौलका १८ बर्षीय साहिद अन्सारी रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनुभएको हो ।
भट्टराईको छाति ,अनुहार , गोलेको अनुहार , थापाको कान ,गुप्ताको पाखुरा , कन्चट ,मगरको हात , गाला , रामको छाति , कमर र अन्सारीको निधारमा चोट लागेको उहाँले बताउनुभयो ।
त्यसैगरी सामान्य घाईते हुनेहरुमा जितपूरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षीय जानुका ढुंगाना , हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ५३ बर्षीय गौरी श्रेष्ठ , वीरगंज ६ माईस्थान बस्ने १८ बर्षीय स्वयव अन्सारी , हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २५ बर्षीय सुमन लामा , वडा नम्बर ८ बस्ने ३९ बर्षीय सरस्वती काफले , बसका सहचालक पर्साका ठोरी गाउँपालिका वडा नम्बर २ बस्ने २१ बर्षीय रुपेश तामांग र बसका कन्टेकटर चितवनका कालिका नगरपालिका वडा नम्बर १० बस्ने २८ बर्षीय राकेन्द्र बम्जन रहेका प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभएको हो ।
ढुंगानाको हात , श्रेष्ठको अनुहार , अन्सारीको कन्चट , लामाको कान , काफ्लेको अनुहारमा चोट लागेको छ भने , तामांग र बम्जनलाई अलि अलि चोट लागेको छ ।
घाईते सबै १७ जनाको वीरगंजस्थित वयोधा अस्पतालमा उपचार भईरहेको छ भने बसका चालक चितनको राप्ति नगरपालिका वडा नम्बर ६ बस्ने ३० सागर न्यौपानेलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।