बाराको ईनारवा बुथ कब्जाको प्रयास, पत्रकारलाई पनि प्रबेशमा राेक

बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा बुथ कब्जाको प्रयास भएको बुझिएको छ । केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।

ईरनवास्थित मतदान केन्द्रमा शङ्कास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन् ।

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीयहरुले पत्रकारसँग समेत दुर्व्यवहार गर्न खोजेका थिए । त्यसपछि त्यहाँ रहेका प्रहरीले सञ्चारकर्मीहरु उद्धार गरेका थिए ।

Share your love