नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई छोडेका नेताहरूले नयाँ पार्टी बनाउने भएका छन् । बाबुरामले माओवादी केन्द्रसँग एकता गर्ने गरी चुनावी तालमेल गरेपछि असन्तुष्ट नेताहरु नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका हुन् । बाबुराम पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने भएपछि असन्तुष्ट नेताहरूले वैकल्पिक शक्ति बनाउने तयारी गरेका छन्।
तत्काल बाबुराम छोडेका नेताहरूलाई जोडेर पछि अरु पार्टीका नेताहरू समेतलाई जोडेर अघि बढिने खतिवडाले बताए । चुनावदेखि चुनावसम्म र संसददेखि संसदसम्म भन्दा देशमा भएका तमाम विकृति र विसंगतिलाई प्रहार गर्नेगरी बलियो वैकल्पिक शक्ति बनाउने तयारी गरिएको छ ।तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा वैकल्पिक शक्ति बनाउने भन्दै निकै प्रयास गरेका थिए । अन्तमा उनको प्रयास असफल भएपछि पुनः उनलाई छोडेका नेताहरूले पहल लिन लागेका हुन् ।