अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताउनुभयो । आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उहाँले अब देशमा फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरु सहकार्यमा आएको पनि स्पष्ट पार्नु भयो ।
नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार ९आज० काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गर्नु भयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरुले नयाँ समाजवादी मोेडेल तय गरी देशलाई समृद्ध बनाउन पनि सफल हुने जिकीर गर्नु भयो ।